कर्णालीका मुख्यमन्त्री कडेलको सम्पत्ति : २ ठाउँमा घर, १० तोला सुन [विवरणसहित]

लोकपथ
91
Shares

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

जसअनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ४ र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मा गरी २ ठाउँमा घर रहेको सम्पत्ति विवरणमा उल्लेख रहेको छ । काठमाडौंमा रहेको घर श्रीमती गिता अधिकारीको नाममा रहेको उल्लेख गरिएको छ भने वीरेन्द्रनगरमा रहेको घर पुख्र्यौली रहेको जनाइएको छ ।

त्यसैगरी आफ्नो र श्रीमतीको नाममा गरी ५ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । वीरन्द्रनगर–९ मा रहेको जग्गा आफ्नै नाममा देखाइएको छ भने वीरेन्द्रनगर–४ मा रहेका २ वटा जग्गा, वीरेन्द्रनगर–१० मा रहेको एउटा जग्गा र काठमाडौंको मुलपानीमा रहेको ८ आना जग्गा भने श्रीमतीको नाममा देखाइएको छ ।

त्यस्तै मुख्यमन्त्री कडेलसँग १० तोला सुन रहेको छ । उक्त सुन भने कुनै खरिद गरेको र कुनै पुख्र्यौली रहेको विवरणमा उल्लेख गरिएको छ ।

विवरण अनुसार विभिन्न बैंक र सहकारीमा गरी लाखौँ रकम बैंकमा रहेको छ । कडेलको नाममा रहेको बा २ च ९२७३ नम्बरको जीप बिक्री भइसकेको र नामसारी गर्न भने बाँकी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?