मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार : कांग्रेसका ४ र लोसपाका एक मन्त्रीले लिए शपथ

लोकपथ
91
Shares
महेन्द्रनगर (धनुषा), ३ साउन ः मधेस प्रदेशमा बिहीबार जनकपुरधाममा नेपाली काँग्रेसका सांसद सुनिल यादव अर्थमन्त्री, जनार्दनसिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादव ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री र कौशलकिशोर राय श्रम तथा यातायातमन्त्री र लोसपाबाट प्रमुख सचेतक रानी शर्मा तिवारी, शिक्षा तथा संस्कृतिमन्त्रीका रूपमा नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउँदै । तस्बिर निरञ्जनकुमार साह÷रासस

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मुख्यमन्त्री सिंहले आज नेपाली कांग्रेसका सांसद सुनिल यादव अर्थमन्त्री, जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, शेषनारायण यादव ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री र कौशलकिशोर रायलाई श्रम तथा यातायातमन्त्री नियुक्त गरेका हुन्।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्रालय लिएर मधेश प्रदेश सरकारमा सहभागी भएको छ । लोसपाबाट प्रमुख सचेतक रानी शर्मा तिवारी शिक्षा तथा संस्कृतिमन्त्री नियुक्त भएकी हुन् । यसअघि उक्त मन्त्रालय एमालेका राजकुमार लेखीले सम्हालेका थिए। उनलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

आजै नेपाली कांग्रेसबाट चार र लोसपाका एक मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

नवनियुक्त मन्त्रीहरूलाई मधेश भवनमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?