रुप्से होलिडेजले ल्यायो १ लाखमै ५ दिने भियतनाम भ्रमणको योजना, दशैंलगत्तै चार्टर फ्लाइटमा घुम्न पाइने

सुरुमा ५ हजार मात्रै तिरेर समेत जान सकिने

लोकपथ
133
Shares

काठमाडौं । रुप्से होलिडेजले एक लाख रुपैयाँ मै ५ दिनको भियतनाम भ्रमणको योजना सार्वजनिक गरेको छ । चार्टर फ्लाइटमार्फत उडान भर्ने गरी रुप्सेले यस्तो योजना ल्याएको हो ।

रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीका अनुसार यसअघि १ लाख २० हजार रुपैयाँमा बेचिएको प्याकेज अहिले एक लाख रुपैयाँमै दिन लागिएको हो । फिक्स्ड डिपार्चर गर्ने गरी दसैँको टिकालगत्तै भियतनाम घुमघामका लागि योजना सार्वजनिक गरिएको हो ।

रुप्सेका अनुसार अक्टोबर १६ अर्थात् असोज ३० गते बुधवार काठमाडौँबाट उडान भरी कात्तिक ४ गते आइतबार काठमाडौं आइपुगिनेछ । प्याकेजमा दुईतर्फी हवाई टिकट, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, भियतनाम भ्रमणका क्रममा स्थानीय टिकट, यातायात, गाइड आदिको सुविधा समावेश गरिएको छ ।

भियतनाम भ्रमणका क्रममा लञ्च सहितको हा लोङ बे क्रुज सफारी, निन बिन टुर, ट्रेन स्टेसन भिजिट, हानोई सिटी टुर आदि समावेश रहेका छन् ।

यस्तो छ रुप्सेले ल्याएको भियतनाम टुरको आइटीनरी
दिन १ (असोज ३० गते) : काठमाडौं–हानोई

भ्रमणको पहिलो दिन काठमाडौँबाट भियतनामको राजधानी हानोईमा चार्टर उडानमार्फत लगिनेछ । उडानका क्रममा खाना उपलब्ध हुने र पहिलो दिन एयरपोर्टबाट सिधै त्यहाँको तीन तारे होटेलमा लगिनेछ । कुनै यात्रु एक्लै कोठामा बस्न चाहेमा वा चार वा पाँच तारे होटेलमा बस्न चाहेमा पनि त्यो सुविधा उपलब्ध हुने रुप्सेले जनाएको छ ।

दिन २ (कात्तिक १ गते) : हा लोङ बे क्रुज सफारी
भियतनाम भ्रमणको दोस्रो दिन अर्थात् कात्तिक १ गते बिहान होटेलमा ब्रेकफास्ट गरी त्यहाँबाट हा लोङ बे क्रुज सफारी हुनेछ । हा लोङ बे क्रुज सफारी भन्नाले दुई तल्ला भएको क्रुजमा बसेर भियतनामको समुद्री यात्रा तय हुनेछ । यात्राकै दौरान क्रुजमै लञ्च खान दिइनेछ । यात्राकै क्रममा समुद्रको बिचमा रहेका सुन्दर साना साना टापुहरूको वरपर भ्रमण गराइनेछ ।

सोही टुरकै क्रममा अमेरिका र भियतनामबिच युद्ध हुँदा लुक्न बनाइएको वा प्रयोग गरिएको दाबी गरिने ठुलो गुफाको समेत भ्रमण गराइनेछ । दिनभरको भ्रमणपछि साँझ होटेलमै ल्याएर छाडिनेछ । त्यसपछि स्थानीय घुमघाम वा खानपानका लागि समय छुट्टाइनेछ ।

दिन ३ (कात्तिक २ गते) : निन बिन टुर
भियतनाम भ्रमणको तेस्रो दिन अर्थात् कात्तिक ३ गतेको पूरा दिन निन बिन टुरका लागि खर्च गरिनेछ । भियतनामको हानोई पुग्ने अधिकांश यात्रीले गर्ने एक आकर्षक टुर हो, निन बिन टुर ।

होटेलमा ब्रेकफास्ट गरेर त्यहाँबाट बसमा करिब डेढ घण्टाको यात्रा गरी निन बिन प्रान्तमा पुगेर निन बिन टुरको सुरुवात हुनेछ ।
साना नदीहरूको बिचबाट ढुङ्गामा सयर गर्न होस् वा सुन्दर प्राकृतिक दृश्यहरूको अवलोकन गर्न, यो भ्रमण भियतनामको हानोई भ्रमण गर्दा छुटाउनै नहुने भ्रमणको सूचीमा रहेको स्थान हो । यात्राकै क्रममा चुनढुङ्गाले बनेको सानो सानो पहाड, गुफा आदिसमेत देख्न सकिनेछ ।

दिनभरको यात्रा पछि साँझ होटेलमा आइनेछ र बाँकी समय आफ्नो हुनेछ ।

दिन ४ (कात्तिक ३ गते) : हानोईको सिटी टुर र ट्रेन स्ट्रिट भिजिट
भियतनाम यात्राको चौथो दिन हानोईको सिटी टुर हुनेछ । यसमा प्रमुख आकर्षणका रूपमा ट्रेन स्ट्रिटमा बसेर चिया वा नास्ता गर्ने, हानोई सहरका विभिन्न स्थानमा घुमघाम गर्ने र सपिङ गर्ने दिन हुनेछ । दिनभरको घुमाइपछि साँझ होटेलमा पुगिनेछ । बाँकी समय आफ्नो लागि खर्च गर्न सकिनेछ ।

दिन ५ (कात्तिक ४ गते) : हानोईबाट काठमाडौं फिर्ती
भियतनाम भ्रमणको पाँचौँ दिन बिहान होटेलमा ब्रेकफास्ट गरेर त्यहाँबाट केही समय सपिङ वा घुमघाममा बिताउन सकिनेछ । अपराह्न भियतनामको हानोईबाट काठमाडौँका लागि उडान हुनेछ । नेपालमा रातको करिब ९ बजे आइपुगिनेछ ।

खर्च
भियतनाम भ्रमणका लागि रुप्से होलिडेजले मात्र ९९ हजार ९९९ रुपैयाँको प्याकेज सार्वजनिक गरेको हो । यस प्याकेजभित्र दुईतर्फी भिसा फि, हवाई टिकट, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको छ । क्रुज सफारीको दिन लञ्चको व्यवस्था भएपनि अन्य दिनको लञ्ज तथा डिनरको खर्च भने ग्राहक आफैँले बेहोर्नुपर्नेछ । टुरका क्रममा लाग्ने टिकट लगायतका शुल्क पनि यही प्याकेजमा समावेश गरिएको छ ।

मासिक ५ हजारकै किस्ताबन्दीमा घुम्ने सुविधा
घुम्न मन लागेको तर तत्कालै आफूसँग पूरै रकम नभएको यात्रुका लागि रुप्सेले किस्ताबन्दीमा घुम्ने व्यवस्था समेत मिलाएको छ । रुप्सेले विभिन्न बैंकसँगको सहकार्यमा १२ महिना, १८ महिना तथा २४ महिनाको सरल किस्ताबन्दीमा समेत घुम्ने व्यवस्था मिलाएको प्रबन्ध निर्देशक पराजुलीले बताए । मासिकरूपमा किस्ता तिर्ने गरी घुम्न चाहने यात्रुले सुरुमा ५ हजार रुपैयाँ मात्रै तिरेर समेत घुमेर फर्किन सक्ने रुप्से होलिडेजले जनाएको छ ।

हेर्नुहोस्, भियतनाम भ्रमणका प्रमुख गन्तव्यहरूका आकर्षक तस्बिरहरू :

*infomercial Content

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?