सिमलताल बस दुर्घटनामा बेपत्तामध्ये २ जनाको शव भारतीय भूमिमा भेटियो

लोकपथ
231
Shares
फाइल तस्बिर

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ मा भएको बस दुर्घटनामा बेपत्तामध्ये २ जनाको शव भारतीय भूमिमा फेला परेको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारी अनुसार भेटिएका २३ मध्ये २ जनाको शव भारतीय भूमिमा भेटिएको हो ।

सशस्त्र सीमा बल (एसएसबी) को टोलीले भारतको पश्चिम चम्पारण बगाहामा २ जनाको शव फेला परेको हो । फेला परेको दुई शवको पहिचान हुन सकेको छैन । दुई शव पहिचान भएपछि परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ ।

गत शुक्रबार बिहान सिमलतालको पहिरोमा परी २ वटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । दुइ बसमा गरी ६५ जना बेपत्ता भएका छन् । तर हालसम्म २३ जनाको मात्रै शव फेला परेको छ । ती मध्ये ९ जनाको अझै पहिचान खुल्न सकेको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोरको टोली परिचालन गरेर शवको खोजीकार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?