‘इच्छामृत्यु’ का लागि जहाँ ‘सुसाइड पोड’ प्रयोग गरिन्छ

लोकपथ
399
Shares

काठमाडौं । मानव जीवनलाई संसारको सबैभन्दा ठूलो उपहार मानिन्छ । यस संसारमा बसेर हामी आफ्नो लागि, हाम्रो वरपरका मानिसहरू र प्रकृतिका लागि धेरै योगदान दिन सक्छौँ । यस संसारलाई राम्रो ठाउँ बनाउन सक्छौँ । तर कोही मानिस जीवनको कठिनाइबाट यति छिट्टै थाक्छन् कि आफ्नो जीवनलाई आफै अन्त्य गर्ने खोज्छन् । जसलाई हामी आत्महत्या (सुसाइड) भन्छौं ।

न्युयोर्क पोस्ट वेबसाइटका अनुसार स्विट्जरल्याण्डमा आत्महत्याको समस्यालाई समाधान गर्न त्यहाँको सरकारले इच्छामृत्यु मेसिन अर्थात् सुसाइड पोड प्रयोग गर्ने भएको छ । जसको नाम सार्को हो, तर यसलाई टेस्ला अफ इथानासिया पनि भनिएको छ । यो कुनै निको नहुने रोग लागेर इच्छा मृत्यु चाहने मानिसहरूका लागि प्रयोग हुने मेसिन हो । यसको प्रयोगबाट कुनै पीडा बिना नै १० मिनेटभित्रै मानिसको मृत्यु हुन्छ ।

यो मेसिन पहिलो पटक २०१९ मा भेनिस डिजाइन फेस्टिभलमा अनावरण गरिएको थियो । यो एक प्रकारको थ्रिडी प्रिन्टेड क्याप्सुल हो । यो मेसिनमा बटन थिच्ने बित्तिकै मानिसले संसार छोड्छ । यो मेसिनभित्र नाइट्रोजनको स्तर धेरै छिटो बढ्छ र केवल ६ सेकेन्डमा अक्सिजनको कमीले व्यक्ति बेहोस हुन्छ र १० मिनेट भित्र मर्ने गर्छन् ।

स्विट्जरल्यान्डमा इच्छा मृत्यु कानुनी छ, तर स्विस फौजदारी संहिताको धारा ११५ ले आत्महत्यामा सहयोग गर्नु भनेको स्वार्थी कारणले गर्ने अपराध हो भनेको छ । यो सेवा केवल २० डलरमा उपलब्ध हुनेछ र यसको न्यूनतम उमेर ५० वर्ष हुनेछ । तर, यदि कोही १८ वर्ष वा त्यो भन्दा बढी उमेरको छ र गम्भीर बिरामी छ भने उसले पनि यो सेवा प्रयोग गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?