विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । झापामा लागुऔषध मुद्दा र गौवध मुद्दाका फरार २ जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । हल्दीबारी गाउँपालिका–१ बस्ने ४४ वर्षीय मिन भन्ने मणि कुमार तुम्बापो र दमक नगरपालिका–२ बस्ने २९ वर्षीय किसन राजबंशीलाई जिल्ला प्रहरी कार्यालय झापा मातहतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउमध्ये किसनलाई जिल्ला अदालत झापाको २०८० फागुन २२ गतेको फैसलाले लागुऔषध मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका थिए भने मणि कुमारलाई जिल्ला अदालत झापाको २०७८ पुस १४ गतेको फैसला उल्टि भई उच्च अदालत विराटनगर इलाम इजलासको २०८० मंसिर २० गतेको फैसलाले गौवध मुद्दामा १ महिना कैद सजाय ठहर भई फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पश्चात उनीहरूलाई फैसला कार्यान्वयनको निमित्त जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?