नेक्स्ट एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेस्डरमा रोहित पौडेल

लोकपथ
112
Shares

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको संस्था द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसँग ब्रान्ड एम्बेस्डर साझेदारीको घोषणा गरेको छ ।

यो साझेदारी विश्वव्यापी शिक्षामा नेपाली विद्यार्थीहरुको पहुँच वृद्धि गर्नका लागि गरिएको हो । खासगरी अन्तारष्ट्रिय शैक्षिक संस्थामा गएर उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि कप्तान पौडेलसँगको सहकार्यले सत्य र तथ्यपरक जानकारी र सूचना सम्प्रेशण तथा परामर्श प्रदान गर्न थप प्रभावकरी हुने अपेक्षा गरिएको छ ।

नेपाली क्रिकेटको वृत्तिविकासमा सक्षम र प्रभावशाली नेतृत्व प्रदान गरिरहेका कप्तान रोहित नेपाली युवाहरुका रोल मोडल समेत हुन् । युवाहरुमा परिचित तथा प्रभावशाली रहेका रोहितले ब्रान्ड एम्बेसडरको रूपमा सशक्त भूमिका निर्वाह गर्दै शैक्षिक परामर्शको कार्यलाई गुणबत्ता र विश्वसनीय रुपमा अगाडि बढाउन सक्षम हुने विश्वास रहेको द नेक्स्टले विश्वास व्यक्त ग रेको छ ।
खासगरी द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी निर्दिष्ट गरेका, योजना, कार्यक्रम र लक्ष्यहरुको प्राप्तीका लागि रोहितसँगको सहकार्य थप सुखद र प्रभावकारी हुने बताइएको छ ।

ब्राण्ड एम्बेस्डर घोषणा कार्यक्रममा बोल्दै द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीका सीईओ सालिक राम भण्डारीले ‘द नेक्स्ट एजुकेशनले सदैव टिम वर्क, गुणस्तर र पारदर्शितामा विश्वास राख्ने’ बताए । भण्डारीका अनुसार क्रिकेटमा पनि गुणस्तर, पारदर्शिता र टिमवर्क नै महत्वपूर्ण रहने हुँदा रोहितसँगको सहकार्यले नेपाली विद्यार्थीहरुले शैक्षिक परामर्षका क्षेत्रमा आवश्यक ज्ञान, सीप र जानकारी हासिल गर्न सक्षम हुनेछन् ।

सो अवसरमा पौडलले नेक्स्ट एजुकेशनसँगको साझेदारीमार्फत आफू सम्मानित भएको बताए । उनले भने, ‘जुन कम्पनीले नेपाली युवाहरूको जीवनमा वास्तविक मार्गदर्शन र काउन्सिलिङको क्षेत्रमा ठूलो भूमिका निर्वाह गरेको छ, त्यो कम्पनीसँग साझेदारी गर्नु आफ्ना लागि खुशीको विषय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?