भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष कैद भुक्तान हुन बाँकी

लोकपथ
98
Shares

भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ ।

भक्तपुर जिल्ला अदालतको तहसिलको अभिलेख अनुसार फैसला कार्यान्वयन अन्तर्गत १३ सय ९६ वर्ष ६ महिना ६ महिना ३ दिन कैद भुक्तान हुन बाँकी रहेको हो ।

भक्तपुर जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्ष २०७९/८० बाट १३ सय १० वर्ष ५ महिना १४ दिन कैद भुक्तान बाँकी रहेको र यो वर्ष ६ सय २५ वर्ष ११ महिना ११ दिन कैद फैसला भएकोमा ५सय ३९ वर्ष १० महिना १२ दिन मात्र फछ्र्यौट भएको तहसिलदार भवानी शङ्कर घिमिरेले जानकारी दिए ।

उनका अनुसार जरिवानातर्फ भने अघिल्लो आर्थिक वर्षबाट २५ करोड ५० लाख ३ हजार ३ सय २४ रुपैंया जिम्मेवारी सरेर आएको थियो भने यो वर्ष ४६ करोड ९२ लाख ७९ हजार १ सय ७ जरिवाना फैसला भई जम्मा ७२ करोड ४२ लाख ८२ हजार ४ सय ३१ जरिवाना उठाउन बाँकी रहेकोमा आर्थिक वर्ष २०८० /८१ मा १० करोड ६१ लाख ९८ हजार ७ सय ५९ रुपैंया फटर्यौट भएको उनले जानकारी दिए ।

यस्तै उनका अनुसार अव जरिवानातर्फ ६१ करोड ८० लाख ८३ हजार ६सय ७२ रुपैंया जरिवाना उठाउन बाँकी रहेको समेत घिमिरेले जानकारी दिए । उनका अनुसार फैसला कार्यान्वयनको निवेदनतर्फ अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको ५ सय ८५ लगतमा ४ सय ९२ फछ्र्यौट गरी बाँकी ९६ रहेको तथा नयाँ दर्तातर्फ ७ सय ३८ मा २ सय ५१ फछ्र्यौट भएको र ४ सय ८७ बाँकी रहेको समेत जानकारी दिए। तहसिलदार घिमिरेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल ५६/१६ प्रतिशत फैसला कार्यान्वयन भएको समेत जानकारी दिएका हुन् ।

यस्तै क्षतिपूर्ति तर्फ भने अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेर आएको ५४ लाख ३६ हजार ३ सय ५८ रुपैंया रहेको यो वर्ष ८ लाख ६० हजार ५ सय क्षतिपूर्तिको फैसला भएकोमा वर्ष भरीमा जम्मा ६ लाख ८७ हजार २ सय मात्र फर्छ्यौट भएको थियो । आगामी वर्षको लागि जिम्मेवारी सरेको क्षतिपूर्तितर्फ ५६ लाख ९९ हजार १ सय ५८ रहेको तहसिलदार घिमिरेले जानकारी दिए । अदालतको फैसला कार्यान्वयनमा स्थानीय निकाय जिल्ला प्रशासन र प्रहरीको भुमिक महत्त्वपूर्ण हुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?