काठमाडौं । नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा कांग्रेस-एमालेको सरकार बनेको खुलासा गरेका छन् ।
शुक्रबार दोहामा भएको प्रवासी मञ्चको सातौ अधिवेशनलाई संबोधन गर्दै पोखरेलले त्यस्तो खुलासा गरेका हुन ।
पोखरेलले राजनितीक स्थायीत्वको लागी कांग्रेस एमाले सरकार बनेको बताए । यो देशमा हुँदा हुँदा २० सिटेलाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्तहरूले नयाँ सरकार गठन गरेको बताए । सम्बोधनकै क्रममा उनले प्रचण्डले चुलबुल गर्दा हुँदाखाँदाको सरकार ढलेको टिप्पणीसमेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया