बङ्गलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा एकै दिन १० जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । बङ्गलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा हिंसा झन चर्किँदै गएको छ ।

हिंसात्मक प्रदर्शन रोक्न सरकारले शुक्रबार मध्यरातबाट कर्फ्यु लगाइएको भएपनि राजधानी ढाकामा शनिबार भएको हिंसात्मक झडपमा १० जनाको मृत्यु भएको हो । यस क्रममा कम्तीमा ९१ जना घाइते भएका छन् ।

शनिबार ढाकाको बड्डा र सैयदाबाद क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको थियो । गएको मंगलबारदेखि सुरु भएको हिंसामा हालसम्म देशभर कम्तीमा ११० जनाको मृत्यु भइसकेको छ ।

यो पनि

बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनमा मृतकको संख्या ३९ पुग्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?