काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीयको दबाबपछि न्यूरोडको जुद्धशालिकबाट डोजर हटाएको छ ।
तीनदिनदेखि काम अघि बढ्न नसकेपछि सडक विस्तारका लागि लगिएको डोजर आज बिहान ७ बजे स्थानीयको दबाबमा हटाइएको हो ।
शुक्रबारदेखि स्थानीयले फुटपाथको विरोध गर्दै अवरोध गरेको थियो । न्यूरोडमा फुटपाथ विस्तारका लागि ल्याइएको डोजर फिर्ता भएपछि न्यूरोड क्षेत्रका सडक अलपत्र भएको छ ।
उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम सुरु गर्न अवरोध नगर्न अन्तरिम आदेशदिएपछि महानगरले काम सुरु गरेको थियो । त्यसअघि गत जेठ पहिलो साता सडक डिभिजन काठमाडौं कार्यालयले अनुमति नलिई फुटपाथ विस्तार गरेको भन्दै महानगरको सामान सडकबाट जफत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया