काठमाडौं । आषाढ पूर्णिमाको शुभ अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले आइतबार एक विशेष कार्यक्रमको आयोजना गरेको छ । भगवान् बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई आफ्नो पहिलो उपदेश दिनुभएको क्षण नै आषाढ पूर्णिमा हो ।
यस शुभ अवसरमा आयोजित कार्यक्रममा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरुले सहभागीता जनाएका थिए ।
कार्यक्रममा थेरावडा संघ, महायाना संघ र वज्रयान संघले विधिपूर्वक प्रार्थना गरेका थिए । साथै बौद्ध सुत्रबाट प्रार्थनाको वाचन र अपर्ण गरिएको थियो ।
दूताबासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले कार्यक्रमलाई सम्बोधन गर्दै भगवान् बुद्धले दिनुभएको शिक्षाको महत्वमाथि प्रकाश पार्दै दुबै भारत र नेपालमा रहेका पवित्र बौद्ध स्थलले दुबै देशबीचको साझा साँस्कृतिक सम्पदालाई उदाहरणको रुपमा चित्रण गरेको बताए । साथै उनले शतादिब्यौंदेखि कायम सम्बन्धलाई अघि बढाउँदै बौद्ध धर्म लामो समयदेखि भारत र नेपाललाई जोड्ने एक शक्तिको रुपमा रहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया