प्रधानमन्त्री ओलीविरुद्ध परेको रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने

लोकपथ
161
Shares

काठमाडौं । संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियुक्त गरिएकोविरुद्ध परेको रिटको सुनुवाइ संवैधानिक इजलासबाट हुने भएको छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले ओलीविरुद्ध परेको रिटको सुनवाइ संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।

गत असार ३१ गते प्रधानमन्त्री ओलीको नियुक्ति बदरको माग गर्दै खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि संविधानको सोही धारा अनुसार प्रधानमन्त्री बनेका थिए । तर विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रचण्ड प्रधानमन्त्रीबाट हटेपछि सोही धाराबाट प्रधानमन्त्री नियुक्त गर्नु कानुन विपरित रहेको भन्दै संविधानको धारा ७३ (३) बमोजिम प्रधानमन्त्री नियुक्त गर्न माग समेत गरिएको छ । यदी संविधानको धारा ७६ (३) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने आदेश आएमा ठुलो दलको नेताको हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?