काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद विरेन्द्रप्रसाद महतोले देशमा भ्रष्टाचारले जरो गाडेको भन्दै त्यसको निर्मुल पार्न आग्रह गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मतको पक्षमा राखेको प्रस्तावमाथि छलफल गर्दै सो कुरा बताए ।
उनले भ्रष्टाचारले जरो गाडेका कारण आफूले कामका लागि ५ हजार घुस दिएको समेत खुलासा गरे ।
पूर्व मन्त्री समेत रहेका महतोले आफ्नो छोराको सर्टिफिकेट बनाउन राष्ट्रिय परीक्षा बोर्डका एक कर्मचारीलाई ५ हजार घुस दिएको बताए ।
‘म भुपु मन्त्री । मैले शिक्षा मन्त्रालयको सानो ठिमीमा ५ हजार घुस दिएर आएको छु । कसले पत्याउँछ? पत्याउनुहुन्छ ? मेरो छोराको सर्टिफिकेट इक्विीभ्यालेन्ट गर्न पर्ने थियो मैले ११ बजे पठाएको ३ बजेसम्म गर्दिएन । यो मिलेन त्यो मिलेन यस्तो । सबै मिलेको छ । किन मिलेन भन्दाखेरी म आफैँ गएको छु, त्यहाँको अधिकृतले यो मिलेको छैन भन्नुभयो । मैले एक महिना अघिको हो सबै विद्यार्थीले यही गर्दा मिलेको छ मैले गर्दा किन मिलेन भन्दा खेरी, हैन मेरो चिया खाने समय हो भने । ४ बज्दासम्म आएनन् त्यो बिचौलीयालाई गएर ५ हजार रुपैयाँ दिएँ अनि ५ मिनेटमा काम गराइदिहाले,’ उनले भने ।
तलदेखि माथिसम्म भ्रष्टाचारको जरो गाडेका कारण त्यसलाई निर्मुल पार्न सबै जना मिलेर अघि बढ्नुपर्ने बताए । साथै अहिलेको सरकारलाई भ्रष्टाचारको निर्मूलीकरणका लागि आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया