काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोडस्थित गिरीबन्धु टी–स्टेटको जग्गाबारे अफवाह नफैलाउन आग्रह गरेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा विश्वासको मतको प्रस्तावबारे उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।
उनले आफू प्रधानमन्त्री हुँदा कानुन बनेको बताउँदै त्यसमा अफवाह फैलाउन आवश्यक नरहेको बताए । साथै सो मुद्दा सर्वोच्चमा पुगेको र त्यहाँबाट फैसला आएको तर त्यहाँ भ्रष्टाचार भएको कुरा उल्लेख नभएको बताए ।
‘म प्रधानमन्त्री हुँदा कानुन बन्यो, म प्रधानमन्त्री हुनुभन्दा पहिले कानुन बन्यो । कानुन बमोजिम कारबाही हुन सकेन । अनि यो हल्ला किन ?,’ उनले भने ।
अदालतले एउटा कुरा भनेको र बाहिर अर्कै कुरा हल्ला भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया