ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच समझदारी

लोकपथ
42
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्बन्धमा सहमति पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारीमा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरेका हुन् । साे अवसरमा अस्पतालका निर्देशक प्रा. डा. रामनन्दन पी. चौधरीको समेत उपस्थिति रहेको थियो ।

सम्झौताअनुसार, अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एवं बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई औषधि उपचारका लागि अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ । साथै अस्पतालले बैंकका ग्राहकहरुलाई अस्पतालको शैया शुल्क, अस्पताल सेवाहरुः डायगोनेस्टिक, ओपीडी लगायतका सेवाहरुको साथै आकस्मिक सेवाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?