मन्त्रालयको छड्के अनुगमनमा मधेशका मुख्यमन्त्री सिंह पुगेपछि…

लोकपथ
28
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारी कार्यालयमा कर्मचारीको लापरबाही बढेको जनगुनासोपछि ११ वटा मन्त्रालयमै छड्के अनुगमन गरेका छन् ।

आज निरीक्षण तथा अनुगमन गर्दै उनले त्यसक्रममा अधिकांश कार्यालयका कर्मचारीले समयमा हाजिर नगर्ने, स्वीकृति नलिएर बिदा बस्ने जस्ता समस्या रहेको पाइएको जानकारी दिए ।

प्रदेश सरकारकै मन्त्रालयका कर्मचारीले त्रुटि गरेको भेटिएपछि पत्र लेखेर जवाफ मारिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कार्यालय समय सुरू भएलगतै मुख्यमन्त्री सिंहले ११ वटै मन्त्रालयको निरीक्षण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?