डेढ लाख रुपैयाँ घुससहित अधिकृत अख्तियारको नियन्त्रणमा

लोकपथ
133
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालालाई एक लाख पचास हजार घुससहित नियन्त्रणमा  लिएको  हो ।

औषधि आपूर्तिको बिल भुक्तानी दिए बापत सेवाग्राहीसँग घुस लिने क्रममा आयोगको टोलीले कोइरालालाई नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरे जानकारी दिए । उनीबाट सेवाग्राहीबाट लिँदै गरेको एक लाख पचास हजार र चार लाख पचास हजार रुपैयाँको चेक समेत रहेको अख्तियारले जनाएको छ । कोइरालामाथि थप अनुसन्धान भइरहेको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?