आज के भयो सुनको मूल्य ?

लोकपथ
28.3k
Shares

काठमाडौं । साताको दोस्रो कारोवार दिन नेपाली बजारमा (आज) सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ सय रूपैयाँले बढेको हो ।

आइतबार प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ३ सय रूपैयाँमा कारोवार भैइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आइतबार तोलामा १ हजार ८ सय १० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले घटेर १ हजार ७ सय ९० रूपैयाँमा कारोवार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?