काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
शनिबार हिमगिरी प्रालि उधोगको निमन्त्रणामा मदनकृष्ण श्रेष्ठसहित आचार्य विराटनगर पुगेका थिए ।
तर एक्कासी नाकबाट रगत आएपछि सप्तकोशी अस्पताल पुगेका थिए । त्यहाँबाट नजिकैको विराट नर्सिङ होममा भर्ना गरिएको छ । आचार्यले सामाजिक सञ्जालमा लेख्दै आफ्नो नाकको नशा फुटेको र अहिले उपचार भइरहेको जानकारी दिए ।
‘अचानक नाकबाट रगत बगेर होटल नजिकै भएको सप्तकोसी अस्पताल पुगे र त्यहाबाट विराट नर्शिङ होम Ent department मा उपचार हुदैछ र म सामान्य अबस्थामा छु ।अस्पताल पुग्दा मेरो ब्लड प्रेशरहरु सामान्यै थियो। धेरैलाइ High blood pressure को कारण होकि भन्नेले चिन्तित तुल्याएछ ।नाकभित्रको सानो नसा फुटेको रहेछ र त्यसलाइ टाल्ने काम भईसकेको छ र अहिले सामान्य अवस्थामा स्वास्थ लाभ गरिरहेकोछु ।,’ उनले भनेका छन् ।
त्यस्तै उनले आफ्नो स्वास्थ्यप्रति चासो राख्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया