मानसिक स्वास्थ्य बलियो बनाउन के–के गर्ने ?

लोकपथ
1.6k
Shares

काठमाडौं । हरेक मानिसका लागि शारीरिक साथै मानसिक स्वास्थ्यको पनि उत्तिकै ख्याल गर्नुपर्ने जरुरी हुन्छ । हामी शारीरमा लागेका सामान्य चोटपटकहरुको तत्काल उपचार खोज्दछौँ तर मानसिक रोगबारे त्यति ध्यान दिँदैनौँ । अझ कतिले त लागेको थाहा हुँदाहुँदै पनि त्यसलाई आफैँभित्र दबाएर राख्ने गरेका हुन्छौँ ।

त्यसो गर्नाले पछि आफैँलाई धेरै हानी गरेको धेरै उदाहरणहरु छन् । मानसिक पक्ष बलियो बनाउन साना साना बानीहरुलाई ध्यान दिनुपर्ने हुन्छ, जसले हाम्रो मानसिक पक्षलाई नै बलियो बनाउन मद्दत गर्दछ । त्यसकारण हाम्रो मतिष्कलाई स्वस्थ राख्नका लागि हामीले हाम्रा बानीव्यवहार मात्र होइन खानपानमा समेत ध्यान दिनुपर्दछ ।

हाम्रो मस्तिष्कले सम्पूर्ण शरीरको स्वास्थ्य सुनिश्चित गर्दछ । यदी मस्तिष्क स्वस्थ छैन भने यसले सम्पूर्ण शरीरको स्वास्थ्यलाई असर गर्छ । दिमागलाई स्वस्थ राख्न र बलियो बनाउन कस्ता साना बानीहरू प्रभावकारी सावित हुन्छन् ।

शारीरिक गतिविधिले मस्तिष्कलाई बलियो बनाउन मद्दत गर्छ । दैनिक ३० मिनेटको शारीरिक क्रियाकलापले मुटुको गतिलाई उत्तेजित गर्छ, जसले मस्तिष्कका कोशिकाहरूलाई पनि फाइदा पुर्याउने चिकित्सकहरुको सुझाव रहेको छ ।

त्यस्तै मानसिक पक्ष राम्रो बनाउन हरेक दिन पूरा निद्रा लिनु धेरै महत्वपूर्ण छ । निद्राको कमीले मस्तिष्कलाई कमजोर बनाउँछ । यस्तो अवस्थामा ७ देखि ९ घण्टा सुत्नु अनिवार्य हुन्छ । पूरा निन्द्रा लाग्दा शरीरमा ऊर्जा रहन्छ, स्वास्थ्य राम्रो रहन्छ र यसले स्मरणशक्ति बढाउन पनि मद्दत गर्छ ।

खानेकुरालाई स्वस्थ राख्न पनि अति आवश्यक छ । आफ्नो आहारमा ती चिजहरू समावेश गरेमा हृदय र दिमाग दुवैको लागि राम्रो छ । जसले दिमागलाई बलियो बनाउँछ र मस्तिष्कको शक्ति बढाउँछ ।

ड्राई फ्रुट्स जस्तै बदाम, ओखर, एभोकाडो, फ्याटी फिस र ओलिभ ओयल जस्ता खानेकुराहरू आफ्नो आहारमा समावेश गर्ने प्रयास गर्नुपर्दछ । त्यसको साथै मस्तिष्क शक्ति र स्मरणशक्ति बढाउन ब्रेन गेमहरू खेल्न सकिन्छ ।

चेस जस्ता मस्तिष्क खेलहरू मस्तिष्कको लागि राम्रो साबित हुन्छन् र मानसिक स्वास्थ्यलाई स्वस्थ राख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?