एनएमबि बैंकद्वारा ८.९२ प्रतिशत देखी सुरु हुने प्रतिस्पर्धी घर कर्जा घोषणा

लोकपथ
175
Shares

काठमाडौं । एनएमबि बैंकले एनएमबि होम लोनमा मात्र ८.९२ प्रतिशत बाट सुरुहुने आकर्षक फ्लोटिंग ब्याजदर उपलब्ध गराएको छ ।

बैंकका अनुसार एनएमबि होम लोनको साथ, ग्राहकहरूले फ्लोटिंग दरको लचिलोपनको आनन्द लिन सक्छन् । जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतारचढावबाट फाइदा लिन सक्नेछन् ।

घर किन्नु वा निर्माण गर्नु मानिसहरूका लागि महत्त्वपूर्ण कोसेढुङ्गा हुने विश्वास बैंकले लिएको छ । साथै यो सपना साकार पार्न उत्तम सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बैंकले जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?