काठमाडौं । विसं १८५२ मा निर्माण भएको ऐतिहासिक जाजरकोट दरबार हाल त्रिपालले ढाकिएको अवस्थामा छ ।
गत कात्तिक १७ गते रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण दरबारमा क्षति पुगेपछि हाल वर्षाबाट जोगाउन त्रिपालको सहारा लिनुपरेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । योभन्दा पहिले दुई पटक आएको भूकम्पले पनि दरबारमा क्षति पुगेको थियो ।
डिभिजन वन कार्यालय जाजरकोटको सहयोगमा त्रिपालले ढाकिएको प्रजिअ अधिकारीले बताए। अत्यन्तै जोखिम भएपछि त्रिपालले ढाकिएको प्रजिअ अधिकारीको भनाइ छ ।
यसअघिका दुईवटा भूइँचालोले दरबारलाई क्षति पु-याएपछि दुवैपटक पुनःनिर्माण गरिएको थियो । यस पटक पुनः भूकम्पले पूर्णरुपमा क्षति पुर्याएपनि पुनःनिर्माण हुन सकेको छैन ।
दरबार पुनःनिर्माणका लागि विसं १९९० पछि भक्तपुरका नेवार तत्कालीन इन्जिनियर नाक्चेलाई ल्याएर यसको पुनःनिर्माण गरिएको थियो । यो दरबार ऐतिहासिक तथा पुरातात्विक रुपमा महत्वपूर्ण मानिन्छ । यो जाजरकोटको मात्र नभएर कर्णालीको मुख्य पर्यटकीय गन्तव्य हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया