लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका आचार्यले गरे दाबी पेस

लोकपथ
42
Shares

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेस गरेका छन् ।

केहीबेरअघि प्रदेश प्रमुख अमिक शेरचन समक्ष नेपाली कांग्रेसका गरी ५६ सांसदहरुको समर्थनमा दाबी पेस गरेका हुन् ।

आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ प्रदेश सभा सदस्यहरुको समर्थन रहेको छ ।

८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत आवश्यक रहन्छ।

एमाले प्रदेश संसदीय दलका नेता लिला गिरी भए पनि एमाले केन्द्रको निर्देशनमा आचार्यले दाबी पेस गरेका हुन् ।

केन्द्रमा कांग्रेस एमाले गठबन्धन बनेपछि अल्पमतमा परेका यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा दिएका थिए । महराले आइतबारको प्रदेश सभा बैठकमा राजीनामा घोषणा गरेपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?