बागमती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै

लोकपथ
63
Shares

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त हुँदैछन् ।

आइतबार बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान भएको थियो ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ मुख्यमन्त्रीको दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन् । सोही अनुसार नेकपा एमालेको समर्थनमा लामा आज मुख्यमन्त्रीको दाबी पेस गर्ने र आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी रहेको छ ।

यसअघि सोमबार नै मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी गरिएको थियो । तर नेकपा एमालेले मन्त्रीमा चित्त नबुझाएपछि आज दाबी पेस गर्न लागिएको हो । यसअघि ६ मन्त्रालय मागेको एमालेलाई सोही अनुसार मन्त्रालय दिनका लागि कांग्रेस तयार भए पछि सहमति जुटेको हो ।

यो पनि…

बागमतीमा एमालेको बार्गेनिङ, आज मुख्यमन्त्रीमा दाबी पेस नहुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?