बागमती प्रदेशमा ट्राफिक कारबाहीबाट १७ करोड ७८ लाख राजस्व सङ्कलन

लोकपथ
126
Shares
फाइल फोटो

काठमाडौं । बागमती प्रदेशमा ट्राफिक प्रहरीले आर्थिक २०८०–८१ मा १७ करोड ७८ लाख १७ हजार राजस्व सङ्कलन गरेको छ ।

उपत्यकाका तीन जिल्लाबाहेक बागमतीका १० जिल्लामा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा दुई लाख २८ हजार दुई सय दुई सवारीमाथि कारबाही गरी १७ करोड ७८ लाख १७ हजार राजस्व सङ्कलन गरेको हो ।

पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र रिडर गणबाट सवारी गति निगरानी गरिरहेको र सो क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई लाख २८ हजार दुई सय दुई सवारीमाथि कारबाही गरिएको प्रहरीले जनाएको छ ।

सो अवधिमा बागमतीका १० जिल्लामा भएको एक हजार पाँच सय ३६ सवारी दुर्घटनामा तीन सय १५ जनाको मृत्यु भएको छ भने तीन हजार एक सय ९९ जना घाइते भएको प्रहरीले जनाएको छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?