सुनचाँदीको मूल्य स्थिर

लोकपथ
224
Shares

काठमाडौं । नेपाली बजारमा (आज) मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको  छ । सोमबार तोलामा १ हजार ७ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?