परीक्षाको मर्यादा कायम राख्न काठमाडौं विश्वविद्यालयका विद्यार्थीको माग

लोकपथ
189
Shares

काठमाडौं । काठमाडौं विश्वविधालयका विद्यार्थीहरुले परीक्षाको मर्यादा कायम राख्न माग गरेको छन् ।

इन्जिनियरिङ र साइन्सका विद्यार्थीहरूले परीक्षा जस्तो संवेदनशील विषयमा आवश्यक तयारी नगरी मनपरी तरिकाले तालिका निकाल्ने काम भएको भन्दै रजिस्ट्रारलाई ध्यानाकर्षण गराएका हुन् ।

विश्वविद्यालयले गत असार २७ गते स्कुल अफ इन्जिनियरिङ र साइन्सका लागि भनेर परीक्षा तालिका सार्वजनिक गरेको थियो । १५ दिनको अवधि दिएर निकालिएको उक्त परीक्षा तालिका सात दिनपछि परिवर्तन गरिएको थियो ।

उक्त तालिका परिमार्जनले गर्दा परीक्षा तयारी अवधिमा हेरफेर हुन गएको विद्यार्थीहरूको आरोप छ । परीक्षा नजिकै गर्दा तालिका नै हेरफेर गर्ने कार्य गैरजिम्मेवारी कार्य भएको भन्दै विद्यार्थीहरूले रजिस्ट्रारलाई ज्ञापनपत्र बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?