डीआईजी जोशी एआईजी बढुवाका लागि सिफारिस, कात्तिक १८ गते पाउँछन् अवकाश

लोकपथ
413
Shares

काठमाडौं । नेपाल प्रहरीको जनपदतर्फका प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समितिकोे सोमबार बसेको बैठकले डीआईजी जोशीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवाको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ९४० अनुसार प्रकाशित गरिएको छ ।

एआईजीमा बढुवाका लागि सिफारिस भएका जोशी हाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा कार्यरत छन् ।
एआईजीमा सिफारिस जोशी आगामी कात्तिक १८ गते अवकाशमा जाने भएका छन् । उनी एआईजीको ५६ बर्से उमेर हदका कारण त्यस दिन अवकाशमा जाने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?