बागमतीमा एमालेका ६ मन्त्रीको नाम टुंगो लाग्यो

लोकपथ
1.2k
Shares
फाइल फोटो

काठमाडौं । बागमती प्रदेश सरकारमा सहभागी हुने ६ जना मन्त्रीको नाम टुंगो लागेको छ ।

नेकपा एमालेले प्रदेशमा पाएको ६ मन्त्रालयको भागमा किरण थापा (भक्तपुर), प्रकाश श्रेष्ठ (काठमाडौं), प्रेम भक्त महर्जन (ललितपुर), सुकमाया तामाङ (सिन्धुली), कृष्ण प्रसाद सिलवाल (चितवन) र अमन कुमार मास्के (काठमाडौं) को नाम टुङ्ग्याएको हो । नाम टुंगो लागेका प्रकाश श्रेष्ठबाहेक सबै नयाँ अनुहार हुन् ।

कांग्रेस र एमालेबीच युवा तथा खेलकुद मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमध्ये कसले कुन लिने भन्ने विषयमा सहमति हुन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?