प्रहरी हुँ भनी धम्की दिई रकम माग गर्ने व्यक्ति पक्राउ

लोकपथ
0
Shares

कास्की । प्रहरी हुँ भनी धम्की दिई रकम माग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१६ बाटुलेचौर बस्ने २१ वर्षीय सुजित क्षेत्री रहेका छन् ।

क्षेत्रीले सामाजिक संजाल मार्फत सम्पर्क गरी विभिन्न व्यक्तिहरुलाई ‘म जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ, तपाईँहरुको केही काम छ भने भन्नुहोस गरिदिन्छु’ भनी रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई लामाचौर कास्कीबाट पक्राउ गरेको हो ।

उनी उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?