भारतको बजेटबाट नेपाललाई छुट्टाइयो ११ अर्ब

लोकपथ
2.7k
Shares

काठमाडौं । भारत सरकारले नेपालका लागि ११ अर्ब २० करोड रुपैयाँ बराबरको बजेट छुट्टाएको छ ।

वित्तमन्त्री निर्मला सीतारमणले लोकसभामा प्रस्तुत गरेको बजेटमा नेपालसहित दक्षिण एसियाली ७ वटा देशसहित अन्य विकास उन्मुख देशहरू अफ्रिकन, ल्याटिन अमेरिकन र युरोपियन देशहरूका लागि समेत आर्थिक सहयोग गर्ने गरी बजेट छुट्टाइएको हो ।

यस बजेटमा नेपालले पाउने अनुदान गत फेब्रुअरीमा तोकिएकै हाराहारी अर्थात ७ अर्ब भारु (नेरु ११ अर्ब २० करोड) रुपैयाँ राखिएको छ ।

वित्त वर्ष २०२४/२५ का लागि ४७.६६ लाख करोड अनुमानित बजेट ल्याएको भारत सरकारले विदेश नीति (क्षेत्र)का लागि अनुदान र ऋण सहायता शीर्षकमा ८६ अर्ब ३२ करोड २० लाख भारु छुट्टाएको हो । वित्त वर्ष २०२२/२३ मा भने भारतले ४ अर्ब ३४ करोड भारु अनुदान नेपाललाई दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?