धुवाँमा निस्सासिएर सुत्केरीसहित दुई जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । जुम्लामा धुवाँले निस्सासिएर सुत्केरीसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पातारासी गाउँपालिका–६ बाँता गाउँकी २२ वर्षीया मायालक्ष्मी महतारा र उनकी १९ वर्षीया बहिनी जुनमाया महतारा रहेकी छन् ।

आइतबार राति सुत्केरीलाई न्यानो पार्न बालिएको कोइलाको धुवाँले निस्सासिएर बेहोस भएका उनीहरूलाई सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो। प्रतिष्ठानले मायालक्ष्मीलाई सोमबार नै मृत घोषणा गरेको थियो। उनकी बहिनी जुनमायाको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बच्चालाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको एनआइसियूमा राखेर उपचार भइरहेको छ । शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?