जबरजस्ती करणी अभियोगमा पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । खोटाङमा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ एकजना पक्राउ परेका छन् ।

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रावाबेसी गाउँपालिका–२ खार्पा बस्ने ३२ वर्षीय टेक बहादुर नेपालीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

नेपालीले ती महिलालाई आफ्नै घरमा लगि आइतबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?