शेयर बजारमा उछाल, नेप्से परिसूचक २५ बिन्दु नाघ्यो

लोकपथ
273
Shares

काठमाडौं । मंगलबार शेयर बजारमा उछाल आएको छ ।

आज नेप्से परिसुचक ७५ दशमलव ३३ अंकले बजार बढ्दै २५ सय ६३ दशमलव ४३ बिन्दुमा बजार रोकिएको छ ।

आज १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९ सय ९५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । तर आइतबारको तुलनामा बजार घटेको हो ।

तीन करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर एक लाख ७१ हजार ३८७ पटकमा खरिद बिक्री भएको छ ।

त्यस्तै आज कारोबारमा आएका मध्ये २२० कम्पनीको शेयर बढेको छ, त्यस्तै १९ कम्पनीको शेयर मूल्य घट्दा ३ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

बजार बढ्दा बोटलर्स नेपाल (बालाजु) लिमिटेड, समृद्धि फाइनान्स, मान्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयर हाउस लिमिटेड र साहास ऊर्जाको सेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?