प्रभु बैंक रि टिस्टुङ्ग रिसोर्टबीच सम्झौता

लोकपथ
1.6k
Shares

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुलाई टिस्टुङ्गमा अवस्थित टिस्टुङ्ग रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहकाबीच सम्पन्न सम्झौतामा टिस्टुङ्ग रिसोर्टका सञ्चालक गोविन्द महर्जन,सन्त महर्जन र प्रभु बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्ट र मार्केटिङ म्यानेजर सविन शमशेर राणाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त रिसोर्ट मकवानपुर जिल्लाको उत्तरी भेगमा अवस्थित रहेको छ भने काठमाडौं उपत्यकाबाट दणिक्ष पश्चिमको भाग सँग जोडिएको एक शान्त, सुन्दर र रमणीय ठाउँमा अवस्थित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?