तनहुँ जलविद्युत् आयोजना निर्माणले गति लिँदै, भौतिक प्रगति ५९ प्रतिशत

लोकपथ
224
Shares

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन जलविद्युत् आयोजनाले निर्माणको गति लिएको छ । एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनामा भौतिक प्रगति ५९ प्रतिशत मात्र भएको छ ।

हालसम्म आयोजनाको प्याकेज–१ मा ३५, प्याकेज–२ मा ७३ र प्याकेज–३ मा ७३ प्रतिशत कार्य प्रगति भएको आयोजनाका प्रबन्ध निर्देशक किरण श्रेष्ठले जानकारी दिए ।

आयोजनाको प्याकेज–१ निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीसँग विसं २०७८ भदौ १४ गते ठेक्का सम्झौता भई काम भइरहेको छ ।

प्याकेज–२ निर्माणका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो ।

त्यसैगरी, प्याकेज–३ निर्माणका लागि केइसी इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते खरिद सम्झौता भई विसं २०७५ फागुन १० देखि कार्यान्वयनमा आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?