बागमतीमा पहिलोपटक कांग्रेसको सरकार, लामा मुख्यमन्त्री नियुक्त

लोकपथ
105
Shares
फाइल तस्बिर

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

आज दिउँसो नेकपा एमालेको समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनलाई उनको दल नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ प्रदेश सभा सदस्यहरुको समर्थन रहेको छ ।

केन्द्रमा सत्ता समीकरणमा फेरबदल आएसँगै बागमतीमा पनि सरकार परिवर्तन भएको हो । सत्ता सहयात्री दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै बागमतीका यसअघिका मुख्यमन्त्री माओवादीका शालिकराम जम्कट्टेलले आइतबार राजीनामा दिएका थिए ।

आइतबार नै प्रदेश प्रमुख शर्माले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए ।

योसँगै बागमती प्रदेशमा पहिलोपटक कांग्रेस नेतृत्वको सरकार बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?