यस वर्षको मदन पुरस्कारका लागि पाँच कृति छनोटमा

लोकपथ
84
Shares

काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि पाँच कृति छनोट गरेको छ ।

गुठीले आज ०८० मा प्रकाशित भएका विभिन्न तीन सय चार वटा पुस्तकमध्ये पाँच वटा कृति छनोट गरी सार्वजनिक गरेको हो ।

गुठीले भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, मोहन मैनालीको ‘मुकाम रणमैदान’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’लाई उत्कृष्ट कृतिमा छनोट गरेको छ ।

छनोट भएका पाँचमध्ये सबैभन्दा बढी उत्कृष्ट कृतिले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ ।

यस अघि अघिल्लो वर्ष विवेक ओझाको ऐठनले मदन पुरस्कार प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?