काठमाडौं । पछिल्लो समय देशभर लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु (डेङ्गी) रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारले पहल थालेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेङ्गुको रोकथाम तथा नियन्त्रण सम्बन्धमा भए गरेका कार्यहरु तथा आगामी योजना तयार पारेर कामको थालनी गरेका हुन् ।
मन्त्रालयका अनुसार विगतका दुई वर्ष यता मनसुन संगै डेङ्गु संक्रमितहरुको संख्यामा वृद्धि भई कतिपय जिल्लाहरुमा प्रकोपको रुपमा देखा परिरहेको छ।
त्यस्तै विगत ६ महिना (सन् २०२४ को जनवरी देखि) यता पनि १८ वटा जिल्लाहरुबाट १ हजार ८ सय भन्दा बढी संक्रमितहरु प्रतिवेदन भइसकेको र यस अवधिमा डेङ्गुको कारण कुनै मृत्यु भने नभएको मन्त्रालयले जनाएको छ ।
डेङ्गुको रोकथाम तथा नियन्त्रणका लागि मन्त्रालयले मन्त्रालय मातहतका विभाग तथा कार्यंलयहरुमार्फत् काम गरिरहेको जनाएको छ ।
डेङ्गुको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा राष्ट्रिय डेङ्गु टास्क फोर्स गठन भइ क्रियाशील अवस्थामा रहेको छ।
मन्त्रालयले विभिन्न १३ कार्ययोजना तयार गरेर डेङ्गुको रोकथाम तथा नियन्त्रणमा लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया