मुख्यमन्त्री नबाएपछि संसदीय दलको नेताबाट लिला गिरीले दिए राजीनामा

लोकपथ
476
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता लिला गिरीले राजीनामा दिएका छन् ।

उनले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीलाई संसदीय दलको नेता नरहेको जानकारी गराउँदै राजीनामा दिएका हुन् ।

लुम्बिनीमा गिरीलाई लत्याउँदै संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाइएको छ । ओलीको ठाडो निर्देशनमा अन्य व्यक्तिलाई मुख्यमन्त्री बनाइएको भन्दै रुष्ट रहेका गिरीले मंगलबार नै राजीनामा बुझाएका हुन् । संवैधानिक व्यवस्था अनुसार संसदीय दलको नेता मुख्यमन्त्री बन्नुपर्ने कानुनी प्रावधान रहेकोमा अर्को व्यक्तिलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएपछि पार्टीले विधान मिचेर काम गरेको भन्दै राजीनामा दिएको बताएका छन् । यद्यपि अध्यक्ष ओलीले भने अहिलेसम्म राजीनामा स्वीकृत गरेका छैनन् ।

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्यले शपथग्रहण समेत गरिसकेका छन् । तर उक्त समारोहमा समेत गिरी उपस्थित भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?