हलेसीमा पौवा रिसोर्ट र मुलकोटमा पौवा होटल सुरु

लोकपथ
0
Shares

काठमाडौ । होटल पौवा प्रालीले खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मुलकोटमा पौवा होटल सुरु गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पौवा ग्रुपले १४औ शाखा सिन्धुलीको मुलकोट स्थित सुनकोशी किनारमा ४५ रोपनी क्षेत्रफलमा ५० करोडको लगानीमा पौवा विच रिसोर्ट र खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोड भन्दा बढिको लगानीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याएको जानकारी गराएका हुन् ।

होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले नेपालको पर्यटन उद्योगलाई थप उचाईमा लानको लागि मिसन १०० को योजना सहित अगाडि बढेको होटल पौवा नेपालको पश्चिम क्षेत्रबाट पूर्वतर्फ अगाडि बढेको बताए ।

उनले भने, ‘८ वर्षदेखि पर्यटक उद्योगलाई विस्तार गर्नका लागि होटलमा लगानी गरेको छौ । काठमाडौकोदेखि ९० किलोमिटरको दूरीमा रहेको सिन्धुलीको मुलकोट पर्यटकका लागि उत्तम गन्तव्य भएको हो । काठमाडौको भिडभाडबाट सुनकोशी नदी किनारामा शान्त वातावरण रहेकोले आन्तरिक र बाह्य पर्यटकको लागि लक्षित गरेर पौवा रिसोर्ट खोलेको हौ ।’

उनले हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दुहरुको संगमस्थल भएको भन्दै आन्तरिक र बाह्य धर्मालम्बीहरुलाई लक्षित गरेको हलेसी तुवाचुङमा रिसोर्ट सञ्चालन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?