बागमतीका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले लिए पद तथा गोपनियताको शपथ

लोकपथ
273
Shares

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

प्रदेश राजधानी हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा विशेष समारोहकाबीच मुख्यमन्त्री लामाले शपथग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराएका हुन् ।

मंगलबार प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्रीपछि आजै एमालेबाट सरकारमा सामेल भएका ६ मन्त्रीहरुले समेत आजै शपथग्रहण गर्ने कार्यक्रम रहेको छ । तर कांग्रेसको भागमा ६ जना मन्त्री परे पनि आकांक्षी धेरै हुँदा मन्त्रीको टुंगो लगाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?