काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा केहीबेर अघि भएको सौर्य एयरलाइन्सको जहाज दुर्घ*टनामा १३ जनाको मृत्यु भएको छ भने एक जनाको उद्धार गरिएको छ ।
पोखराबाट आएको सौर्य एयरलाइन्सको सो जहाज अवतरणका क्रममा रनवेबाट चिप्लिएर दुर्घ*टनामा परेको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले बताए ।
जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई भने उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।
प्रहरीका अनुसार अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । विस्तृत विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया