काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा केहीबेर दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमान ९एन–एएमई (सीआरजे २००) भएको खुलेको छ ।
काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा सो विमान धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको हो । जहाजमा चालक दलका सदस्यसहित १९ जना रहेको जनाइएको छ । दुर्घटनामा १३ जनाको मृत्यु भएको जनाइएको छ ।
घाइतेहरुलाई भने उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ । जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई पनि उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया