पर्वतको बानीडाँडामा बाढी, विद्यालयको भौतिक संरचनामा क्षति

लोकपथ
21
Shares

काठमाडौंं । पर्वतको पैयुँ गाउँपालिका–५ को बानीडाँडा प्राथमिक विद्यालयमा टिउरीखोलाको बाढी पसेको छ । टिउरीखोलाको लेदोसहितको बाढीले विद्यालयका कोठा गेग्रानले पुरिएका छन् भने अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।

खोला नियन्त्रणका लागि तत्काल पूर्वाधार निर्माण नगरे विद्यालय नै स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको पैंयुँ गाउँपालिका–५ का वडाअध्यक्ष निर्भिकनारायण भुर्तेलले बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष तोरण मल्ल, उपाध्यक्ष यामकुमारी रानासहितका जनप्रतिनिधिले बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?