सौर्य एयरको जहाज दुर्घटना अपडेट : १८ जनाको शव संकलन

लोकपथ
3.1k
Shares

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको शव संकलन गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विज्ञप्ति जारी गर्दै सवार मध्ये १८ शव संकलन गरिएको र एक जना घाइतेको उद्धार गरी अस्पताल पुर्याइएको हो ।

आज बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरको CRJ7 (Reg- 9NAME) जहाज दुर्घटना भएको हो ।

उक्त विमान दुर्घटनामा क्याप्टेन मनिष शाक्यको घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाइएको हो ।

उक्त विमानमा एयरलाइन्सकै इन्जिनियर तथा प्राविधिक टोली रहेका थिए । पोखरामा उक्त विमान मर्मतका लागि उडान गरिएको थियो । रनवेमा नै चिप्लिएर उक्त विमान दुर्घटना भएको हो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?