बागमती : कांग्रेसबाट कुन्दन काफ्लेसहित ३ बिना विभागीय मन्त्री नियुक्त, ९ मन्त्रीले लिए शपथ

लोकपथ
189
Shares

काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्रीसहित ९ जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री बहादुरसिंह लामासहित कांग्रेसका ३ र एमालेका ६ मन्त्रीहरुले शपथग्रहण गरेका हुन् ।

नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधुकुमार श्रेष्ठ मन्त्री बनेका हुन् ।

उनीहरुलाई कुनै जिम्मेवारी तोकिएको छैन ।

त्यस्तै एमालेका ६ मन्त्रीहरु नियुक्त भएका छन् ।

एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्री नियुक्त भएका हुन् ।

उनीहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री तथा मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?