काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकोहरुको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । शिक्षण अस्पतालले सबै शवहरुको पोस्टमार्टम गर्न कम्तिमा तीन दिन लाग्ने बताइएको छ ।
९ एन–एएमईरसीआरजे २०० कलसाइनको सो जहाज बुधबार बिहान ११ः१५ मिनेटमा दुर्घटनामा परेको थियो । जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ ।
जहाजमा १९ यात्रु सवार रहेकोमा १८ जनाको मृत्यु भएको बताइएको छ । दुर्घटनामा चालक मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरेर काठमाडौं मेडिकल कलेज पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया