पाइलट शाक्यको केएमसीमा उपचार हुँदै, अहिले कस्तो छ स्वास्थ्य अवस्था ?

लोकपथ
9.1k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरको विमानका पाइलट मनिषरत्न शाक्यको उपचार भइरहेको छ ।

विमान दुर्घटनापछि घाइते अवस्थामा उद्धार गरिएका शाक्यको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । शाक्य अहिले सामान्य कुराकानी गर्न सक्ने अवस्थामा रहेका छन् ।

उनको टाउको, खुट्टा लगायतका शरिरका अन्य भागमा चोट लागेको छ । अहिले टाउकोको सिटी स्क्यान गरिएको र रिपोर्ट आउन बाँकी रहेको छ ।

बुधबार बिहान ११ः११ बजे पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे ७ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटना भएको थियो ।

विमानमा सबै सौर्य एयरका कर्मचारी मात्रै रहेका थिए । त्यसमा सवार पाइल शाक्य बाहेक १८ जनाको मृत्यु भएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?